Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिका अर्जुन सुनार मानव तस्करीकोे आरोपमा पक्राउ

गोरखा नगरपालिका अर्जुन सुनार मानव तस्करीकोे आरोपमा पक्राउ

जोईन खबर

२३, पौष २०८०
  • 718
    SHARES
  • गोरखा नगरपालिका अर्जुन सुनार  मानव तस्करीकोे आरोपमा पक्राउ

    २३ पुष काठमाडौँ । गोरखाको गोरखा नगरपालिका वडा न  १ का  अर्जुन श्रेष्ठ भन्ने ३१ बर्षकाअर्जुन सुनारलाई मानव तस्करीकोे आरोपमा हिजो प्रहरीले पक्राउ गरेको छ । सुनारलाई पिडितको जाहेरीको आधारमा प्रहरीले  पक्राउ गरेको हो ।

    images

    गोरखा नगरपालिका वडा न  १ का घर भइ हाल काठमाडौँ महानगरपालिका वडा न ३१ मिलनचोकमा बस्दै आएका सुनारले विभिन्न व्यतिहरू जसमा  शंकर कार्की, राजन राई ,विकास राईलाई आकर्षक तलब पाउने प्रलोभनमा पारेर रुस पठाउने भन्दै प्रतिव्यक्ति ६÷६ लाख रुपैया असुल गरी कार्की रसिया पुराएका थिए । त्यहाँ थप आठसय डलर माग्दै रसियन आर्मीमा भर्ती गराईदिने भनेपछि पिडित नेपाल फर्किएर उजुरी गरेका थिए ।

    images
    images
    images

    सुनार आलास्का ट्राभल्सको सञ्चालक समेत रहेको प्रहरीको भनाई छ । त्यस्तै सुनारसंगै सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नम्बर १ घर भई काठमाण्डौ जोरपाटी बस्दै आएका ३५ बर्षका शेखर भन्ने शेरबहादुर राईलाई पनि सोही आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका सुनार आवश्यक नक्कली कागजात समेत बनाएको खुलेको छ । पक्राउ परेका दुवैजनालाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १२:२७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको