Logo

बिहिवार, कार्तिक १३ गते २०८३

थानकोटमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाहीका एक युवा पक्राउ

थानकोटमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाहीका एक युवा पक्राउ

जोईन खबर

२३, पौष २०८०
  • 715
    SHARES
  • थानकोटमा  खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाहीका एक युवा पक्राउ

    २३ पुष काठमाडौँ । प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाहीका एक युवा लाई  प्रहरीले  पक्राउ गरेको छ ।काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा न (३ थानकोट बसपार्कको कार्यक्षेत्रमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images

    प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी थानकोटबाट खटिएको प्रहरीले  नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालकलाइ चेक जाँच गर्ने क्रममा रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । थप विवरण आउन बाकी छ ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १५:२९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको