Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चाइनिज धाराको श्रेष्ठ किराना पसलमा चोरी गरेको आरोपमा नगरपालिका निरज ढकाल पक्राउ

चाइनिज धाराको श्रेष्ठ किराना पसलमा चोरी गरेको आरोपमा नगरपालिका निरज ढकाल पक्राउ

जोईन खबर

२४, पौष २०८०
  • 733
    SHARES
  • चाइनिज धाराको श्रेष्ठ किराना पसलमा  चोरी गरेको आरोपमा  नगरपालिका निरज ढकाल  पक्राउ

     २४ पुष काठमाडौँ । गोरखाको चाइनिज धारामा रहेको होलसेल ब्यापारीको पसलबाट सामान चोरी गरेको आरोपमा उक्त पसलमा कामगर्ने ढकाल  पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा न ११ का २० बर्षिय निरज ढकाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    गोरखा नगरपालिका–८ को चाइनिज धारामा रहेको श्रेष्ठ किराना पसलबाट ७६ हजार ५०० रुपैयाँ मुल्य बरावरका विभिन्न सामाग्री चोरी गरेको भन्दै ढकाललाई प्रहरीले पक्राउ गरेको हो । ढकालले पौष २१ गते शनिबारका दिन दिउसो १ः३० बजेको समयमा उक्त सामाग्री चोरी गरेको अनुसन्धानबाट खुल्न आएपछी उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

     सामान ढकालको आफ्नै कोठाबाट बरामद गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका ढकाललाई सोमबार चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरीएको छ । ढकाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी श्रेष्ठले बताउनुभयो।

     

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १२:३९:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको