२४ पुष काठमाडाैँ । गोरखाको अजिरकोट गाउँपालिकामा स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री पूनरावलोकन कार्यशाला संचालन भएको छ । उक्त आयोजना गाउँपालिक तथा रुम टु रिडको प्राबिधिक सहयोगमा स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री पूनरावलोकन तथा परिर्माजन कार्यशाला संचालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिनुभयो ।
कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा तथा पूर्नलेखन, कक्षा ४ को नयाँ पाठ्यपुस्तक लेखन र कक्षा १ देखि ५ को पाठ्यक्रम पूर्नलेखन गर्ने उद्देश्यले कार्यशाला संचालन गरिएको उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाका सूचकहरुले शैक्षिक क्षेत्रमा धेरै सुधार आवश्यक भएको देखिने गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाको भनाई छ । शैक्षिक स्तरोन्नतीको लागि विद्यालयको भौतिक तथा शैक्षिक अवस्थामा परिर्वतनका निम्ती गाउँपालिकाले रुम टु रिडको साथ र सहयोग प्राप्त गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकिएको स्थानीय आवश्यकता सुहाउँदो विषयवस्तुहरुलाई समायोजित गर्दै अब बन्ने पाठ्यक्रम र पाठ्यपुस्तक उत्कृष्ट बन्नेछ, उहाँले भन्नुभयो,“ संस्थासँग अबको शैक्षिक सत्र २०८१ मा नमूना प्रर्दशन, सहर्काय र प्राबिधिक मोडेलमा पालिका भित्रका १८ वटा विद्यालयमा साक्षरता कार्यक्रम संचालित हुँदा अजिरकोटको शैक्षिक जग मजबुद बन्नेछ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थि शिक्षा शाखा प्रमुख पन्त, रुम टु रिडका दिेनेश संजेल, अनन्त वाग्ले, राजन सापकोटा, एल बि खड्का, सन्तोष खनाल, दिल धामी सुसिल तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।