Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोकको नेपाने माविका प्रधानाध्यापक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर,चार वाटै मुद्दामा कैद र जरिवानाको फैसला 

सिरानचोकको नेपाने माविका प्रधानाध्यापक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर,चार वाटै मुद्दामा कैद र जरिवानाको फैसला 

जोईन खबर

२५, पौष २०८०
  • 760
    SHARES
  • सिरानचोकको नेपाने माविका प्रधानाध्यापक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर,चार वाटै मुद्दामा कैद र जरिवानाको फैसला 

    २५ पुष काठमकाडौँ । गोरखाको सिरानचोक गाउँपालिका वडा न १ केरावारीमा रहेको नेपाने माविका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । केरावारीको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा मुद्दामा दोषी ठहर भएका हुन् । प्रधानाध्यापक साहलाई विशेष अदालतले मंगलबार दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण र अर्काेको तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ ।

    images

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा, मुरारिबाबु श्रेष्ठको इजलासले विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो ।तीन मुद्दामा उनलाई करिव १६ लाख रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला भएको छ ।

    images
    images
    images

    चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका लागि आगामी ७ माघमा सुनुवाईको मिति तोकेको छ । तीन वर्षभन्दा बढी कैद हुनसक्ने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नुपर्छ ।

    प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम र झुटा प्रतिवेदन र बील बनाई रकम दुरुपयोग गरेको आरोप उनलाई लागेको थियो ।विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग र विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग,छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेको थियो । साह आफुले नै नक्कली निर्णय बनाएको आरोप समेत छ । 

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - ११:३१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको