२५ पुष काठमाडौँ । गोरखा पालुङटार नगरापालिकाको बेलटारबाट १ जना युवकलाई प्रहरीले ज्यान मार्ने उद्योगमा नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ब्यत्ति पालुङटार नगरपालिका–४ बेलटारका कृण्णबहादुर भुजेल भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका बताए । प्रहरी श्रेष्ठका अनुसार भुजेलले सोही स्थानमा बस्ने रामबहादुर शाहलाई मार्ने उद्वेश्यले घाँटीमा छुरा प्रहार गरी घाईते बनाएका थिए ।
गत सोमबार राती ९ः३० बजेको समयमा शाहले काम गरेको ज्याला माग्दा भुजेलले शाहको घाँटीमा चुप्पी प्रहार गरी गंभिर घाईते भएका शाहको सामुदायिक क्लिनिक हस्पिटल तुरतुरे तनहुँमा उपचार भई रहेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
घटना थाहा पाएको गोरखा प्रहरीले भुजेललाई २३ गते पक्राउ गरी २४ गते मंगलबार उनी विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरेको हो । भुजेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।