Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बुढानीलकण्ठबाट पक्राउ परेका बमजन ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्ने तयारीमा थिए !

बुढानीलकण्ठबाट पक्राउ परेका बमजन ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्ने तयारीमा थिए !

जोईन खबर

२५, पौष २०८०
  • 1.0K
    SHARES
  • बुढानीलकण्ठबाट पक्राउ परेका बमजन ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्ने तयारीमा थिए !

    २५ पुष काठमाडौँ । आश्रममा अपराधको श्रृंखला मच्चाएका बमजनले  ५करोडौंको गाडी खरिद गर्ने तयारीमा थिए। हिजो मंगलबार काठमाडौँ बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको आफ्नै  घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको  हो ।

    images

    पक्राउ परेका बमजनलाई सिआइबीले आज सार्वजनिक गरेको हो।सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिदको लागि  धुम्बाराहीकाे  शोरूमलाई अग्रिम ३ करोड बुझाएको  समेत प्रमाणमा देखिएको छ ।

    images
    images
    images

    उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए। अहिले बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

    बमजनको घरबाट तीन करोड रूपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ७ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो।अरू थप सामनहरको चेक जाँच भइरहेको कुरा सार्वजानि गरियो ।

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १५:५६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको