Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटार नगरपालिका २८ वर्षीय पन्तको हत्या आफ्नै साथी परियारले गरेको खुलासा, उक्त युवा पक्राउ

पालुङटार नगरपालिका २८ वर्षीय पन्तको हत्या आफ्नै साथी परियारले गरेको खुलासा, उक्त युवा पक्राउ

जोईन खबर

२५, पौष २०८०
  • 1.1K
    SHARES
  • पालुङटार नगरपालिका २८ वर्षीय पन्तको   हत्या आफ्नै  साथी परियारले गरेको खुलासा, उक्त युवा पक्राउ

    २५ पुष काठमाडौँ । आफ्नै  साथीलाइ धारिलो हतियार प्रयोग गरि हत्या गरेको आरोपमा गोरखा नगरपालिका वडा न -१४ सलाङगिरिका २३ वर्षीय किसान परियारलाई  प्रहरीले पक्राउ गरेको छ ।

    images

    मृतक पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय शमशेरबाबु पन्त पुस १६ गते आफ्नै होटलमा मृत फेला परेका थिए। मृतक पन्त गोरखा नगरपालिका–१४ अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गर्दै आएका पन्तको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेकोमा परियारलाई प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

    मृतक पन्तको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएर ठूलो रूपमा चोट देखिएको थियो। घटना अनुसन्धानको क्रममा व्यक्तिगत रिसिइबीका कारण वा सामान्य विवादले गर्दा परियारले कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसिइबीको कारण पन्तको होटेलमा रहेको भान्सामा मृतकलाई खुर्पा तथा चक्कुले शरीरका विभिन्न भागहरुमा पटक पटक प्रहार गरी हत्या गरेको पुष्टी भएको छ । त्यस घटना गरेर परियार फरार भएको खुलेको  छ ।

    घटना स्थालमा पुगी जिल्ला प्रहरी गोरखाले गहिरो रूपमा अनुसन्धान गर्दा  फरार परियारलाई पुस २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको सहयोगमा कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए। आरोपितविरुद्ध बुधबार  नै कर्तव्य ज्यान मार्न शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप लिइएको पनि प्रहरीले गोरखाले  जनाएको छ।

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - २२:१२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको