२६ पुष काठमाडौँ ।काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसभन्दा बढी बढेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५;४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।
बुधबार सोही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम ४।६ डिग्री सेल्सियस देखिएको थियो। तर पछि बिहान ८स्४५ बजे पुनस् मापन गर्दा ४५ डिग्री सेल्सियस देखिएको थियो।
आज पनि अहिले बिहान ८स्४५ बजे पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना रहने मौसमविद् पुडासैनीले बताए। आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान रहेको उनले जानकारी दिए।