Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपको विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सुरु

राखेपको विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सुरु

जोईन खबर

२६, पौष २०८०
  • 730
    SHARES
  • राखेपको  विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सुरु

    २६ पुष काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद्को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

    images

    तालिमको उद्घाटन राखेपका सदस्य–सचिव टंकलाल घिसिङले  गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने हो भने विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

    images
    images
    images

    सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिनाले सानको उद्देश्य बारे प्रकाश पारेका थिए ।तालिममा काठमाडौंका २०, भक्तपुरका १० र ललितपुरका ५ गरी ३५ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन्।

    सहभागीलाई स्पोर्ट्स साइकोलोजी, स्पोर्ट्स मेडिसिन, जीटीएमटी, बायो मेकानिक्स, एकसरसाइज फिजियोलोजी, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, बास्केटबल र कबड्डीका विषयमा ज्ञान दिइने छ । तालिम माघ १० गतेसम्म सञ्चालन हुने आयोजकका उपाध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ११:०३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको