Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यो वर्षको  (एसईई ) परीक्षा चैत पहिलो हप्तादेखि सुरु हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

यो वर्षको  (एसईई ) परीक्षा चैत पहिलो हप्तादेखि सुरु हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

जोईन खबर

२६, पौष २०८०
  • 778
    SHARES
  • यो वर्षको  (एसईई ) परीक्षा चैत पहिलो हप्तादेखि सुरु हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

    २६ पुष काठमाडौँ ।  यो वर्षको माध्यमिक शिक्षा तहको एसईई  परीक्षा  चैत पहिलो हप्तादेखि सञ्चालन हुने भएको छ।

    images

    हिजो बुधबार शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले आयोजना गरेको  कार्यक्रममा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा चैत पहिलो साता शुरु हुने बताएका हुन्।

    images
    images
    images

    उनले संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुने हो वा होइन भन्ने अन्योलमा नपर्न आग्रह समेत गरेका छन् ।  माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,अध्यक्ष शर्माले  भने। 'प्रश्नपत्र बोर्डले तयार गर्छ । प्रस्तावित विधेयक संसदमा छलफल भइरहेको छ । कन्फ्युज नहुन अनुरोध गर्छौं,' उनले भने ।

    भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन हुने भएकाले परीक्षा हुने उनले बताए  । 'यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,' उनले भने, 'कतै पुरानो परम्परा फर्किन्छ कि भन्ने छ ।

    यसवर्षदेखि एसईईमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा बोर्डका अध्यक्ष  शर्माले बताए । यसअघि ‘ग्रेडिङ प्रणाली भएर विधार्थीहरुलाइ जुन गे्रडिङ आए पनि पढन पाउने नियम भए पनि यो बर्षबाट उक्त नियम लागू नहुने भएको छ। याे बर्ष विद्यार्थीको संख्या ४ लाख ८९ हजार ४ सय ४४ छ । खुलातर्फ १० हजार रहेकाले परीक्षार्थीको संख्या ५ लाख पुग्ने अनुमान रहेको  अध्यक्ष शर्माले बताए ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १२:१५:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको