२६ पुष काठमाडाैँ । गोरखादेखि सुरू गरेको यात्रामा नेपाली सेना आज काठमाडौं आई पुगेकाे छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज काठमाडाैकाे हनुमान ढोका आइपुगेको छ ।
३०२ औं पृथ्वी जयन्तीको अवसरमा नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सवुजका झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित निस्किएको यात्रा हनुमानढोका स्थित श्री शार्दुल जंग गुल्मले आयोजना कार्यक्रममा प्रवेश गरेको हो ।
हनुमानढोकामा कार्यरथी विभाग उपरथी दिपककुमार बानियाँलगायतले पदयात्रीलाई फूलमाला तथा खादा पहिराएर स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार -
२२:४७:३६ बजे