२८ पुष काठमाडाैँ ।प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् ।लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ ।
।जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा छन् ।