२९ पुष काठमाडौँ । गोरखाको लायन्स क्लवले गोरखा बजारमा रहेको बालमन्दिर माविका बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं स्मृति दिवसको अवसर पारेर गत शनिबार लायन्स क्लव अफ गोरखाले खाद्यान्न लगायतका सामग्री प्रदान गरेको हो ।
शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले विद्यालयका प्रधानाध्यापक शिव थापालाई ती सहयोगी सामग्री हस्तान्तरण गरेका क्लवले जनाएको छ ।
क्लवले चामल, विस्कुट, नून, तेल, चिनीलगायतका खाद्यान्न सामग्री प्रदान गरेको जनाएको छ ।
उक्त कार्यक्रम क्लबका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा कार्यक्रममा सम्पन्न गरिएको हो ।