Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता हुने

आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता हुने

जोईन खबर

२९, पौष २०८०
  • 748
    SHARES
  • आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता हुने

    २९ पुष काठमाडाैँ । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा ३२ टिमको सहभागिता रहने अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाएका छन् ।

    images

    प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ ।शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

    images
    images
    images

    संस्थापक भुजेलले शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि अभ्यस्त गराई विद्यार्थीको चौतर्फी विकास गर्न अर्किडले नियमित रुपमा खेलकुदका अलावा अन्य अत्तिरिक्त क्रियाकलाप आयोजना गर्दै आइरहेको बताए । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काडाँघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।

    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - १६:५०:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको