१ माघ काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि समायोजन गरेको हो।
अाज देखिकाे मूल्यदर पेट्रोल पहिलो १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ र तेस्रोमा १६६ रुपैयाँ प्रलिलिटर कारोबार हुनेछ। डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।
