२ माघ काठमाडौँ ।आज बिहान करिब ५ बजे तिर मग्लिन–नारायणगढ खण्डको चितवनको इच्छाकामना गाउँपालिका–५ को तिन नम्बर पुलबाट त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बलेरो गाडी भएको पुष्टथी भएको छ ।
नदीमा बत्ती बलेको सूचना आएपछि शसत्र प्रहरीको गोताखोर टोलीले खोजतलास गर्दा उक्त कुरा पत्ता लागेको हो ।नदीमा खसेको उक्त गाडीमा भने कोही पनि मानिस नभेटिएको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्रिशूली नदीमा खसेको गाडी तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही अहिलेसम्म पनि खुल्न सकेको छैन ।गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको थियो ।
त्रिशूली नदीको पानी मुनि गएका सहायक हबल्दारद्वय डिल्ली भट्टराई र मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको र मान्छे नभएको पत्ता लगाएका हुन् । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । गाडिमा चालक बाहेक अरू सवार थिए थिएन् खाेजतलास भएकाे प्रहरीले बताए ।