Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भीमसेनथापाकाे कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न

भीमसेनथापाकाे कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न

जोईन खबर

२, माघ २०८०
  • 715
    SHARES
  • भीमसेनथापाकाे कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न

    २ माघ काठमाडौँ । गोरखाको भीमसेनथापा गाउँपालिका  वडा न - ५ कसिन्थोकमा माघेसक्रान्तिको अवसरमा सोमबार गोरु जुधाइ मेला सम्पन्न भएको छ । स्थानीय पाँचवटा समूहरुको सयुक्तमा आयोजक भएको  माघे सक्रान्ति मेला हिजो सम्पन्न भएको हो ।

    images

    उक्त मेलाको आयोजनमा सात हल गोरु सहभागिता भएका थिए। सात हल गोरूमा पनि दुइ बर्गमा  विभाजन गरि क बर्गबाट जीवन रेग्मीको गोरु प्रथम ,नेत्र भट्टको गोरु द्वितीय भएको थियो ।पुतियोगितामा  प्रथम हुने गोरुका धनीले १० हजार र द्वितीय हुने गोरुका धनीले पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको  थियो ।

    images
    images
    images

    त्यस्तै ख बर्गको मध्यबाट सानोहजूर भट्टराईको गोरु प्रथम भई आठ हजार र विकास परियारको गोरु द्वितीय भई चार हजार नगद पुरस्कार पाएका थिए ।पाँचवटा समूहरुको सयुक्तमा मूल आयोजक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता,प्रमुख अतिथि गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराको उपस्थितमा सम्पन्न भएको थियो ।

    उक्त मेलामा  गाउँपालिकाका उपप्रमुख अमृतादेवी वस्ती र नवजागरण भट्ट समाजका अध्यक्ष सीताराम भट्टले शुभकामना मन्तव्य राखेका थिए । 

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - ११:२५:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको