२ माघ काठमाडौँ । गोरखामा आठौं गोर्खाली रनिङ कप यही फागुन ६ देखि १२ गतेसम्म हुने भएको छ ।‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथमा हरमटारी क्लब गोरखाको आयोजनामा ६ देखि १२ गतेसम्म रनिङ कप गर्न लागिएको हो ।
यस प्रतियोगिता रनिङ कपको बिजेता टिमले नगद रू तीन लाख ३३ हजार ३३३ रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने, उपबिजेताले एक लाख ६६ हजार ६६६ रुपौयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
उक्त प्रतियोगिताको खेलमा फेयरप्ले टोलीलाई नगद रू ३५ हजार, उच्च गोलकर्ता नगद रू१०,००० ,उत्कृष्ट स्ट्राइकर नगद रू १०,०००, उत्कृष्ट मिड फिल्डर नगद रू १०,०००, उत्कृष्ट डिफेन्स नगद रू १०,००० उत्कृष्ट गोलरक्षक नगद रू १०,००० हजार पुरस्कार दिएर सम्मान गर्ने आयोजकले जनाएको छ । गोर्खाली रनिङ कपमा १६ टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।
खेलको टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । टिम दर्ताको अन्तिम मिति माघ ३० गते सम्म रहेको छ । खेलको टाइसिट भने फागुन ४ गते सार्वजनिक गरिने छ । खेल सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा हुनेछ ।