Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने

सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने

जोईन खबर

३, माघ २०८०
  • 691
    SHARES
  • सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने

    ३ माघ काठमाडाैँ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने भएको छ ।महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी गराए ।

    images

    फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।फुटबल र बास्केटबलको ब्वाइजमा समान १६–१६ तथा गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने छ । ब्याडमिन्टन र टेबलटेनिसमा समान ३–३ स्पर्धामा खेल हुनेछ ।

    images
    images
    images

    एथलेटिक्समा १४ स्पर्धा समावेश छन् ।गल्र्स फुटबल तुसाल फुटबल मैदान, ब्वाइज÷गल्र्स बास्केटबल हिमरश्मि स्कुल, ब्याडमिन्टन जी फोर स्पोर्ट्स कोर्ट र टेबलटेनिस श्रृजना ज्ञान सागर स्कुलमा खेलाइने छ । ब्वाइज फुटबल र एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    महोत्सवमा ओप्समा आबद्ध २५ वटै विद्यालयको सहभागिता रहने ओप्सका सचिव शिव अर्यालले जानकारी  दिए । हरेक खेलको टिम च्याम्पियनलाई नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद फुयालले जनाएका छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार हुनेछ ।

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १२:४७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको