Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जराङ कप २०८०को दोस्रो चरणको खेल भोलीबाट सुरु

जराङ कप २०८०को दोस्रो चरणको खेल भोलीबाट सुरु

जोईन खबर

३, माघ २०८०
  • 880
    SHARES
  • जराङ कप २०८०को दोस्रो चरणको खेल भोलीबाट सुरु

     ३ माघ काठमाडौं । जराङ कप २०८० को खुल्ला फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलहरु भोलीबाट सुरु हुँदैछ । जराङ कप २०८० को जनप्रेमी युथ क्लबले भोलीबाट दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

    images

    क्लबले सार्वजनिक गरेको तालिका अनुसार भोली दोस्रो चरणको पहिलो खेल बिहान ८ बजे जनसाहारा युथ क्लब देउराली ए र आरुघाट बगैंचा बीच प्रतिस्पर्धा हुदैछ । त्यस पछिको दोस्रोको खेल न्यु दौँतरी चित्रे रअन्नपूर्ण मसेलबिच बिहान ९ बजे हुनेछ ।तेस्रो खेल सृजनशील युथ क्लब मैलुङ  र  थ्रीस्टार युथ क्लब मसेल बिहान १० बजे र चौथो खेल जनप्रेमी युथ क्लब जराङ बी र  खार्चोक भञ्ज्याङ्बिच बिहान ११ बजे दोस्रो चरणको खेल सकिएपछि  सेमिफाइनल खेल दिउँसो १ बजे  हुने भएको छ । उक्त खेल बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङस्थित  जनप्रेमी युथ क्लबको खेल मैदानमा जराङ कप २०८० को  पहिलो चरणको खेल सकिदा जम्मा २०टिम सहभागि  मध्ये  बिजेता १० टिम आएको छ, भने १० टिम खेल बाट बाहिरिएका छन्।

    images
    images
    images

    kisan1.jpg

    उक्त पेतियोगितामा विजेताले नगद रु १ लाख ५५ रुपैयाँ सहित कप,मेडल,प्रमाणपत्र दिने छ भने, उपविजेता हुने  टिमलाई नगद रु ५० हजार ५५ रुपैयाँ सहित मेडल ,प्रमाणपत्र दिई सम्मान गरिने क्लब अध्यक्ष किसान  गुरुङ्गले जानकारी दिनु भयो ।सो  प्रतियोगिता सेमिफाईनलमा पुग्ने दुई टिमलाई नगद रु १०,००० र १०,००० हजार विधमगत रुपमा दिने छ ।

    प्रतियोगिताको खेलमा उत्कृष्ट खेलाडीलाई नगद रु २,००० र कप,उत्कृष्ट गोलकीपर लाई नगद रु २,०००र कप, उत्कृष्ट डिफेन्सलाई नगद रु २,००० र कप, सर्बाधिक गोलकर्तालाई नगद रु २,००० र कप दिई सम्मानित गरीने क्लब अध्यक्ष  गुरुङ्गले जानकारी दिनु भयो ।  

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २०:४३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको