Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने

राखेपले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने

जोईन खबर

४, माघ २०८०
  • 658
    SHARES
  • राखेपले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने

    ४ माघ काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

    images

    कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेश्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ ।यस्तै बैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए ।

    images
    images
    images

    विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेश्की रहेको भन्दै कार्यदलले फस्र्याैट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १०:२७:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको