४ माघ काठमाडौँ ।गोरखामा गण्डकी प्रदेशका राष्ट्रिय सभा सदस्य पदका उमेद्वारहरु मतदाताहरुसँग भोट माग्दैँ छन् । राष्ट्रिय सभाका सदस्य पदको निर्वाचन यहीँ माघ ११ गते हुने हुदा सत्ता गठबन्धनका उमेद्वारहरु आफ्ना मतदातालाई भेटेर भोट माग्न गोरखा पुगेका हुनु ।
गण्डकी प्रदेशबाट गठबन्धनबाट उमेद्वार रहनु भएका नेपाली काग्रेस उमेद्वार किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उमेद्वार मनरुपा शर्माले आज गोरखाका मतदाताहरुसंग भेटघाट गरेका हुन् । मतदाता भेटघाट कार्यक्रममा उमेद्वारहरुले निर्वाचनमा जितेर गएपछि मतदाताहरुप्रतिको जिम्मेवारी नभुल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘‘तपाई गाउँपालिका अध्यक्ष उपाध्यक्षहरु पनि हाम्रा मतदाता हुनुहुन्छ, हामी तपाईहरुले दिएको मतले विजयी भएर जाने हो, नेपाली काग्रेस गण्डकी प्रदेशबाट राष्ट्रियसभाका उमेद्वार रहनु भएका किरणबाबु श्रेष्ठले भन्नुभयो, ‘‘चुनाव जितेर गएपछि तपाईहरु प्रति नै उत्तरदायी भएर काम गर्नेछौ ।आफुहरुको विजयले राष्ट्रियसभालाई संविधानले दिएको अधिकार र संविधानको आकाक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उमेद्वार रहनु भएकी उमेद्वार मनरुपा शर्माले मतदाताहरुसँग निर्वाचन जितेर गएपछि सवै मतदाताको भावना समेट्न सक्ने जनप्रतिनिधिको रुपमा रहेर काम गर्ने प्रतिवद्धता गर्नुभयो ।सदस्य पदकी उमेद्वार शर्माले जनयुद्धमा नै परिवार गुमाई सकेकाले अव मैले गर्ने जनताको लागि हो देशका लागि मात्र हो भने भनाई व्यक्त गर्नु भयो ।
काँग्रेसकाका तर्फबाट अपाङ्गता तथा अल्पसंख्यकहरुको तर्फबाट उमेद्वार बन्नु भएका पदमबहादुर बि कले मतदाताहरुसंग राष्ट्रियसभाबाट बन्ने ऐनकानुन तथा नीतिनियमलाई समावेशी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखा जिल्लामा ११ पालिका रहेको र गोरखा जिल्ला भित्रका पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
राष्ट्रियसभाका लागि गोरखाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र मतभार ४१८ रहेको छ । गण्डकी प्रदेशका जिल्लाहरुमा मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया सुरु गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनालले जानकारी दिनुभयो ।
‘