Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चेको रेसे खोला मेलामा नि-शुल्क प्याराग्लाइडिङ गर्ने पाउने, पूर्व राज्य मन्त्रीद्वारा उद्घाटन

धार्चेको रेसे खोला मेलामा नि-शुल्क प्याराग्लाइडिङ गर्ने पाउने, पूर्व राज्य मन्त्रीद्वारा उद्घाटन

जोईन खबर

४, माघ २०८०
  • 727
    SHARES
  • धार्चेको रेसे खोला मेलामा नि-शुल्क प्याराग्लाइडिङ गर्ने  पाउने, पूर्व राज्य मन्त्रीद्वारा  उद्घाटन

    ४ माघ काठमाडैँ । गोरखाको धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा बुधबारदेखि सुरु भएको मेलामा निशुल्क प्याराग्लाइडिङ गर्ने पाईने छ । गाउँपालिकाको पर्यटकीय स्थलको प्रचार प्रसारका लागी निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको मेला संयोजक राज गुरुङले बताए। 

    images

    प्याराग्लाइडिङका लागी पालिकाले नै बजेट विनियोजन गरेको उनले जानकारी दिए ।‘मेला अवलोकन गर्न आउने जो कोहीले इच्छा लागे प्याराग्लाइडिङ गर्न सक्छन्’ उनले भने, ‘यसको लागी पालिकाले नै बजेट दिएकाले उहाहरुसँग हामी पैसा लिदैनौ।

    images
    images
    images

    सिङ्ला गाँउको थमन सिंह पार्कमा निमार्ण गरिएको चेक अफ पोइनटबाट प्याराग्लाइडिङ उडान हुने र गुम्दा, लाप्राक, लप्सिवोट हुदै रेसे फाँटमा अवतरण हुने बताइएको छ ।आयोजकका अनुसार पोखराको स्काइ राइडर प्याराग्लाइडिङ प्रा .लि का आठ जनाको टोलीले प्याराग्लाइडिङ उडान गराउने छन्।

    रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा शुरु भएको मेलाको वुधवार एक कार्यक्रमका बीच पूर्व राज्य मन्त्री छम बहादुर गुरुङले उद्घाटन गरेका हुन् ।गाँउपालिका अध्यक्ष लक्ष्मण गुरुङले उडान गरी प्याराग्लाइडिङको उद्घाटन समेत गरेका थिए ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १६:३२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको