४ माघ काठमाडौँ । प्रहरीले ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । उक्त सामान १३ वटा ट्रकमा भारतबाट ल्याइएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले बाराका छुट्टाछुट्टै दुई स्थानबाट पोटास खाद बरामद भएको जानकारी दिए ।
किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो ।
सोही सामान बोकेका ट्रकलाई प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक गरी नियन्त्रणमा १३ वटा ट्रक बरामद गरेको हो ।
ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको डीएसपी न्यौपानेले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।