Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  एक व्यक्ति पक्राउ 

रसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  एक व्यक्ति पक्राउ 

जोईन खबर

४, माघ २०८०
  • 826
    SHARES
  • रसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  एक व्यक्ति पक्राउ 

    ४ माघ काठमाडौँ ।रसिया पठाईदिन्छुभन्दै रकम ठगी गर्ने  एक व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि रसिया पठाईदिन्छु भन्दैँ रकम ठगीगरेको अभियोगमा कैलाली लम्कीचुहा न.पा .वडा नं. ६ घर भई हाल  काठमाण्डौँ किर्तिपुर न.पा.वडा.नं १० बस्ने बर्षीय २८ को सरोज थापालाई बुधबार पेहरीले पक्राउ गरेको छ ।

    images

    थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक  एक लाख रुपैयाा भन्दा धेरै तलब  हुन्छ भन्दै प्रभोलमा पारी  पिडितबाट पटक पटक सात लाख तीस हजार रुपैयाँ  रकम लिई सम्पर्क विहीन भई ठगी गरेको थियो ।

    images
    images
    images

    थापालाई काठमार्डौँ मिनभवनकार्यालयबाट खटिएको प्रहरीले  खोजतलास गर्ने क्रममा उनलाई काठमाण्डौँ किर्तिपुर न.पा.वडा नं.१० पाँगा दोबाटोबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १९:४३:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको