७ माघ काठमाडौँ ।नाइजरका धर्मगुरु अर्थात् मौलानाले १३० जना महिलासँग बिहे गरेर २०३ जना बच्चा जन्माए ।अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन ।
जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको विषय बनिरहेको छ ।आफ्नो जीवनकालमा बीबीसीलाई उनले अन्तरवार्ता दिएका थिए ।त्यसक्रममा उनले भनेका थिए, ‘केही मानिसहरु एकजना पत्नी हुँदा पनि दुस्खी हुन्छन् ।
मैले १३० जना पत्नीहरुलाई सम्हाल्न सकेको छु।उनले बिहे गरेका धेरैजसो महिलाहरु उनीसँग उपदेश लिन आउँथे ।उनले विद्यार्थीहरुसँग नै मौलानाले बिहे गरिरहे । तर, करिब ११ दर्जन महिलासँग बिहे गरेको उजुरीसँगै प्रहरीले उनलाई पक्राउ गर्यो । तर, अनौठो त के भने उनका १३० पत्नीहरुले नै अबूबकरको समर्थन गरे र उनलाई जेलमुक्त गराए ।