७ माघ काठमाडाैँ । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध बलिङ गरिरहेको नेपालका निम्ति सुवास भण्डारीले पहिलो सफलता दिलाएका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको पहिलो पावर प्लेमा नेपाल विकेटविहीन थियो ।
तर, सुवासले ११औँ ओभरको पहिलो बलमै न्युजिल्यान्डका ओपनर लुक वाटसनलाई १४ रनमा बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका हुन् ।