८ माघ काठमाडाैँ ।आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा माघ २० गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको छ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लव पोखरा र थ्रीस्टार क्लव आमनेसामने हुँदैछन्। प्रतियोगितामा माघ १३ गतेदेखि १६ गतेसम्म क्वाटरफाइनल खेलहरु सञ्चालन हुनेछन् भने माघ १७ र १८ गते सेमीफाइनल तथा माघ २० गते फाइनल खेल हुने क्लव अध्यक्ष केशवराज बरालका बताए।प्रतियोगितामा १२ टीम सहभागि हुने आयोजकले बताएको छ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी एपिएफ क्लव, त्रिभूवन आर्मी क्लव तथा ए डिभिजन क्लवहरु जाउलाखेल युथ क्लव, मनाङमस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, मच्छिन्द्र क्लव, संकटा क्लव र चर्च व्वाईज,युनाइटेड फुटबल क्लव सहभागि हुँदैछन्।
गोल्डकपको उपाधि बिजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटरर हरेक दिनको म्यान अफ दी म्याच हुने उत्कृष्ट खेलाडीलाई ट्रफी र नगद पुरस्कार पनि दिइने आयोजकले बताएको छ।,