९ माघ काठमाडौँ । जिल्ला गुल्मीमा दुई विद्यार्थीहरू मिलेर स्थानीय स्तरमा पाइने खाद्यान्न बालीहरूको दाना प्रयोग गरी नेपालको नक्सा निर्माण गरेका छन् ।उक्त जिल्लामा पाइने विभिन्न किसिमको बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी, भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।
उनीहरू मालिका गाउँपालिका वडा न - ३ स्थित ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयका अध्यनरत बिधार्थीहरूले बना्एको नक्सा अहिले सामाजिक सञ्जालमा भाइर बनेको छ । पहाडी जिल्ला गुल्मीमा धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगो उत्पादन हुने गर्दछ ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू सुशील थापा र मीनबहादुर विकले नक्सा बनाएका हुन् । नेपाल कृषि प्रधान देश हो । सोही विषयलाई विद्यार्थीहरूले निर्माण गरेको आकर्षक नेपालको नक्सामा प्रतिबिम्बित गरेको बताएका छन् ।
देशको शासकीय प्रणाली एकात्मक राज्य व्यवस्थाबाट सङ्घात्मक प्रणालीमा गएसँगै हाल नेपालमा सातवटा प्रदेशहरू छन् । विद्यार्थीले प्रत्येक प्रदेशको छुट्टाछुट्टै खाद्यान्न बालीको प्रयोग गरी नक्सा तयार पारेकाे विद्यालयका सामाजिक विषय पढाउने शिक्षक टोपलाल पौड्यालले बताउनुभयो । उनीहरूले दुई दिन लगाएर न्यून खर्चमा नक्सा तयार पारेको उहाँको भनाइ छ ।
सात प्रदेशकाे खाद्यान्न बालीहरूको दाना प्रयाेग गरि बनाएकाे नक्सामा कोशीलाई धान, मधेशलाई मसुरोको दाल, बागमतीलाई कालो सिमी, गण्डकीलाई मकै, लुम्बिनीलाई भाँगोको दाना, कर्णालीलाई चामल र सुदूरपश्चिमलाई कोदोले सङ्केत गरेर छुट्टाछुट्टै प्रदेश देखाएका छन् ।