Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बुधबारदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि सरकारले ल्यायो नयाँ नियम लागु, यी ६ कागजात अनिवार्य

बुधबारदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि सरकारले ल्यायो नयाँ नियम लागु, यी ६ कागजात अनिवार्य

जोईन खबर

९, माघ २०८०
  • 718
    SHARES
  • बुधबारदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि सरकारले ल्यायो नयाँ नियम लागु, यी ६ कागजात अनिवार्य

    ९ माघ काठमाडौँ । बुधबारदेखि भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपालीहरूका लागि  केहि नियम परिवर्तन  गरी अरू नियमको  पालान गर्नु पर्ने  भएको छ  । मंगलबार विभागले यात्रामा ८४ जान हारहारीका नेपाली नागरिकलाइ फरकैइको थियो ।

    images

    बुधबारदेखि  लागु हुने गरि परामर्श जारी गर्दै भिजिट र पर्यटन भिसामा विदेश जान आवश्यक पर्ने कागजातहरू विवरण सार्वजनिक गरेको हो । भिजिट भिसामा विदेश जाने नाममा ठगिने र दलालमार्फत ठुलो रकम लिने गरेका घटना बढेकाले विभागले केहि नियम परिवर्तन गरको छ । जस अनुसार अब भिजिट भिसामा विदेश जानेले कम्तिमा ६ कागज अनिवार्य बोक्नुपर्ने भएको छ ।

    images
    images
    images

    बुधबारदेखि चाहिने कागजातहरुमा कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने अध्यागमनले जनाएको छ।

     जसमा युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वस्घोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने भनिएको छ ।

    आवश्यक कागजपत्र :

    visit-cisa.jpg

    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - २१:३८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको