१० माघ काठमाडाैँ ।जिलला अछामको रामारोशन गाउँपालिका– ५ का सालिमकोट सामुदायिक वनमा दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् ।
उनीहरू घाँस काट्न गएका वेला जंगली भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएकोले हेलिकाेप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ ।