१० माघ काठमाडौँ ।गोरखाका प्रेमनारायण धिताल त्रिशुली नदीमा मृत्त फेला परेका छन् ।
सिरानचोक गाउँपालिका वडा न -७ श्रीनाथकोट घर भई हाल काठमाडौं महानगरपालिका बालाजु बस्दै आएका ५४ धिताल पौष २७ गतेदेखी काठमाडौँबाट सम्र्पक बिहीन भएका उनी त्रिशुली नदीमा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
केही दिन देखि सम्पर्क बिहिन धितालको मृत्त शरिर गोरखाको शहिद लखन गाउँपालिका–४ ताक्लुङको फेवाटार स्थित त्रिशुली नदी किनारमा तौरीरहेको अवस्थाम देखेपछी स्थानियले प्रहरीलाई खबर गरे संगै घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्राविधिक सहितको टोलीले घटना स्थल पुगेकाे थियाे ।
उक्त शवलाइ आवश्यक कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि काठमाडौँको टिचिङ अस्पताल पठाएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान सुरु भइरहेको प्रहरीले बताए।