१० माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी अन्तर्गत पर्ने ढोडेनी सौरपानी सडक खण्ड स्तरउन्नती कामको अनुगमन गरिएको छ ।
बारपाक सुलिकोट वडा न ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङको टोलीले अनुगमन गरेको हो । सोही सडकमा नागरिकहरुलाई सहज रुपमा आवतजावत गर्नको लागि सजिलो हुने गरी बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ मा बिनोयोजन गरेको दुई करोडले सडकमा ढलान ,ग्राबेल, पक्कि नाला, वाल निमार्ण कार्य भइ रहेको स्थानिय मिलन ढकालले बताउनु भयो ।

उक्त सडक निमार्णको लागि अहिले संघको २ करोडर बारपाक सुलिकोट गाउँपालिका र संघ सरकारको बहुवर्ष योजना अन्तर्गत जम्म १० करोड गरि उक्त सडकमा १२ करोड बजेट बिनियोजन भइ सर्भ सकेर हाल ठेक्का प्रकृया भई रहेको छ ।उक्त सडकलाई थप बजेटको लागि स्रोत सुनिचित गर्न प्रयास भइ रहेको गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट्ले जानकारी दिनु भयो ।
