२३ औं आहारारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका थिए उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो ।
०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मस्र्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यर्होयो ।