११ माघ काठमाडाैँ । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन ४ पदका लागि मतदान जारी छ । हेटौँडा-४ स्थित भुटनदेवी माविको भवनमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।
यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।