Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिल्ला प्रशासन कार्यालय गोरखाले साउनदेखि पुस मसान्तसम्म एक करोड ९२ लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय गोरखाले साउनदेखि पुस मसान्तसम्म एक करोड ९२ लाख राजस्व संकलन

जोईन खबर

११, माघ २०८०
  • 727
    SHARES
  • जिल्ला प्रशासन कार्यालय गोरखाले साउनदेखि पुस मसान्तसम्म एक करोड ९२ लाख राजस्व संकलन

    ११ माघ काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय गोरखाले उनदेखि पुस मसान्तसम्म अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।यस कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को ६ महिनाको अवधिमा एक करोड ९२ लाख ५३ हजार ४७७ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

    images

    राहदानी शुल्कबापत एककरोड ८९ लाख १६ हजार पाँचसय रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क ७३ हजार ७७७ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना शुल्क पाँचहजार, हातहतियारको इजाजतपत्र दस्तुर ९० हजार, परीक्षा दस्तुर पाँच हजार र अन्य प्रशासनिक सेवा शुल्क एकलाख ६३ हजार २० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।

    images
    images
    images

    कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा ८१ हजार ६६२ रुपैयाँ बेरुजु रकम देखिएको छ । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र ३ हजार ६२१, प्रतिलिपि नागरिकता ३ हजार ७७८, नाबालक परिचयपत्र २८१ वितरण गरिएको छ । कार्यालयले विपद् पीडितका लागि ८ लाख सहयोग गरेको छ । कार्यालयमा ४० मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।

      

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ११:४९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको