११ माघ काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकामा ढाका तथा राडी पाखी बुन्ने आधारभुत तालिममा सहभागी हुने सम्बन्धी एक सूचना जारी गरिएको छ ।
यस तालिम गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को लागि संघिय सरकारबाट प्राप्त भएको अनुदानबाट गर्ने लागिएको गाउँपालिकाले जनाएको हो । उक्त तालिम सिामन्तकृत समुदायको महिला तथा अल्पसंख्याममको आर्थिक सशक्तिकरणका लागि गाउँपालिकाले ४५ दिने ढाका तथा राडी पाखी बुन्ने तालिम दिने भएको गाउँपालिका प्रशाासकिय अधिकृत नवराज अवस्थीले जानकारी दिनु भयो ।

उक्त तालिमको लागि गाउँपालिकाले जारि गरेको सूचनाको आधार इच्छुक महिलाले सम्बन्धी वडा कार्यालयमा निवेदनको साथमा आफ्नो नागरिकताको प्रतिलिपि समेत बुझाउनु पर्ने छ । गाउँपालिकाको निर्देशन अनुसार तालिम हुने स्थान गाउँपालिका वडा न -३ भच्चेक र वडा न - २ मा गरिने छ ।यस पालिकाबाट हुने तालिम फाल्गुन १ देखि चैत १५ गतेसम्म हुने पनि गाउँपालिकाले जनाएको छ ।