११ माघ काठमाडौँ । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्याको निर्वाचन अन्तर्गत मतदान गरेर सकिएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए ।मत पनि सतप्रतिसत खसेको र अब दिउँसो ४ बजेबाट मतगणना गन्ना सुरू हुने छ । नतिजा पनि आज नै आउँछ ।’
सहायक निर्वाचन अधिकृत रावलका अनुसार ७९ वटा पालिका रहेको कर्णालीमा १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो ।
कर्णाली प्रदेशबाट ६ जनाको उम्मेदवारी दर्ता भएको थियो ,भने जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया,नेकपा माओवादीका विष्णु विक दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल,एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।