Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटको सौरपानीमा  हिड्न नसक्ने बृद्ध,बृद्धालाई गाउँ गाउँमै पुगेर  सामाजिक सुरक्षा भत्ता वितरण

बारपाक सुलिकोटको सौरपानीमा  हिड्न नसक्ने बृद्ध,बृद्धालाई गाउँ गाउँमै पुगेर  सामाजिक सुरक्षा भत्ता वितरण

जोईन खबर

११, माघ २०८०
  • 757
    SHARES
  • बारपाक सुलिकोटको सौरपानीमा  हिड्न नसक्ने बृद्ध,बृद्धालाई गाउँ गाउँमै पुगेर  सामाजिक सुरक्षा भत्ता वितरण

    ११ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी रन्चोकमा हिड्न नसक्ने ज्येष्ठ नागरिकको सहजताका लागि गाउँ गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी रन्चोकले  हिड्न नस्कने बृद्ध,बृद्धाहरुलाई आर्थिक वर्ष २०८० ०८१ को दोस्रो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमा पुगेर वितरण गरेको हो ।

    images

    हिड्न नसक्ने बृद्ध,बृद्धालाई सौरपानीबाट गाउँपालिकाको कार्यालयसम्म हिडेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले गत वर्षदेखि नै टोलमै पुगेर भत्ता वितरण गर्ने अभियान सुरु गरेको स्थानिय मिलन ढकालले बताए । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका वडा अध्यक्ष भिम बहादुर गुरूङले भने,हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै जनताको सेवामा समर्पित हुने प्रयास गर्ने बताए ।

    images
    images
    images

    418375408_1414810429431803_8785135686378565477_n.jpg

    भत्ता वितरणमा वडाका वडा अध्यक्ष,जनप्रतिमिधि ,गाउँपालिका कर्मचारी , सुलिकोट शाखाका ग्लोबल आईएमई बैंकका कर्मचारी लगायतको उपस्थित थियो ।  गाउँपालिकाको वडा नम्बर ४ रन्चोक गाउँबाट भत्ता वितरण  गरिएको हो । त्यस्तै अशक्त व्यक्तिलाई भने घरमै पुगेर भत्ता वितरण गरिने स्थानिय ढकालले जानकारी दिए । जसमा ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग क वर्ग, अशक्त अपाङ्ग ख वर्ग लाई घरमा पुगी भत्ता वितरण गरिएको हो ।

    416219582_889894895915670_8546043510579048249_n.jpg

    एक सामाजिक सुरक्षा भत्ता लिने वृद्वा खुशी हुदैँ भनु हुन्छ, टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै हामी जस्तो बुढा बढी गाउँबाट गाउँपालिकासम्म हिडेर बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यताबाट टाढा हुनुपरेको छ ।

    418587964_456881980171143_2112536237078292690_n.jpg।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १६:०७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको