Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी प्रदेशबाट माओवादी केन्द्रकी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित

कोशी प्रदेशबाट माओवादी केन्द्रकी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित

जोईन खबर

११, माघ २०८०
  • 736
    SHARES
  • कोशी प्रदेशबाट  माओवादी केन्द्रकी  कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित

    ११ माघ काठमाडाैँ । राष्ट्रियसभा सदस्यकाे निर्वाचनमा  कोशी प्रदेशबाट एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् ।

    images

    एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ । कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् ।

    images
    images
    images

    कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् । 

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १७:०८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको