११ माघ काठमाडौँ । बागमती प्रदेशमा गठबन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार दिएका चार नै जना निर्वाचित भएका छन् । आज हेटौँडामा सम्पन्न भएको निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक , नेकपा एकीकृत समाजवादीका एकजना गरि चार जना नै उम्मेदवार निर्वाचित भएका हुन् ।
निर्वाचित काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी , माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी, समाजवादीका घनश्याम रिजाल रहेका छन् ।
निर्वाचित महिला तर्फकी काँग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गरिन भने काँग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे , दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गरे, अपाङ्गता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।हेटौँडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए ।