Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानि मेला २०८० र महिला पुरूषतर्फको भलिबल प्रतियोगिता आयोजना हुने

धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानि मेला २०८० र महिला पुरूषतर्फको भलिबल प्रतियोगिता आयोजना हुने

जोईन खबर

११, माघ २०८०
  • 781
    SHARES
  • धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानि मेला  २०८० र महिला पुरूषतर्फको भलिबल प्रतियोगिता आयोजना हुने

    ११ माघ काठमाडौँ ।उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानि मेला २०८० आयोजना हुने भएको छ । मेला माघ १५देखि माघ २० गतेसम्म सञ्चालन हुने आयोजक समितिले बताएको छ । धार्चे हुने मेलामा  स्थानीय झाँकी राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहितको सांस्कृतिक कार्यक्रम संचालन  गर्ने लागिएको तातोपानी क्षेत्र संरक्षण तथा सम्र्बद्धन विकास केन्द्रुले जनाएको छ ।

    images

    उक्त मेलामा दौड प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगित र पुरूष महिलातर्फको भलिबल प्रतियोगिता पनि हुनेछ । मेलाको पुरुष भलिबल प्रतियोगितामा  प्रथम हुने टिमले नगद रू ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद रू  ५५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले  नगद रू ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

    images
    images
    images

    महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रू २० हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय ,नगद रू १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले  नगद रू १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको हो । यस मेला  माघ १५ गते सुरू हुने मेला पहिलो दिन  विभिन्न खेल तथा प्रतियोगिताहरुको टिम दर्ता, स्टल निर्माण लगायतका काम हुने र १६ गते भने मेलाको औपचारिक उद्घाटन हुनेछ ।

    हरेक वर्षको माघ १५ गते हुने मेला यसवर्ष पनि हुन लागेको  आयोजक समितिका संयोजक मिनबहादुर सुनारले जानकारी दिए ।मेलामा गोरखाको बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत ठाउँहरुका स्थानीयका साथै देशका विभिन्न जिल्लाका मानिहरुले मेला अवलोकन गर्ने विश्वास गरिएको छ । देशभरका मानिस मेलामा सहभागी हुने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - २०:४२:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको