१२ माघ काठमाडाैँ । च्यालेन्ज कराते रिभर नोर्डको १६ औं संस्करणमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आज क्यानाडाको मोन्ट्रियल जाने भएको छ ।
जनवरी २७ र २८ तारिखमा हुने प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष ५५ केजीमुनि प्रेमप्रसाद नेपाल र ६७ केजीमुनि मणिकुमार सुनुवारले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा साइला गमाल छन् ।टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।