Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश सरकारलाई बुझायो चुमनुब्री गाउँपालिकाले विभिन्न योजनामा बजेट आग्रह

प्रदेश सरकारलाई बुझायो चुमनुब्री गाउँपालिकाले विभिन्न योजनामा बजेट आग्रह

जोईन खबर

१४, माघ २०८०
  • 643
    SHARES
  • प्रदेश सरकारलाई बुझायो चुमनुब्री गाउँपालिकाले विभिन्न योजनामा बजेट आग्रह

    १४ माघ काठमाडाैँ । गण्डकी प्रदेश सरकारलाई बुझायो उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले  विभिन्न ३९ योजनामा बजेट आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष निमा लामाको टोलीले गण्डकी प्रदेशका  मुख्यमन्त्री सहित विभिन्न मन्त्रालयमा पुगेर  योजनामा बजेट हालिदिन आग्रह गरेका हुन् ।

    images

    पूर्व साँसद छमबहादुर तमु सहितको एक टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा विभिन्न मन्त्रालयमा पुगेर पालिकाको बिकासका लागि बजेट हालिदिन अग्राह गरेको पालिका अध्यक्ष लामाले बताउनुभयो । 

    images
    images
    images

    अध्यक्ष लामाका अनुसार ५ वटा गोरेटो बाटो, ८ वटा झोलुङ्गे पुल, ६ वटा बिद्यालय भवन तथा किचन निर्माण, ३ स्थानमा ढल निर्माण तथा २ स्थानको खेल मैदानलाई धेराबार गर्न बजेट माग गरिएको छ ।

    त्यस बाहेक पनि पालिकाको तर्फबाट ३ वटा सामुदायिक भवन तथा स्वास्थ्य चौकी निर्माण, ४ वटा पर्यटकीय पदमार्ग, २ वटा गुम्बा निर्माण तथा जस्तापाता खरिद र ढुवानीका साथै खानेपानी, बिद्यालय भवन मर्मत र शिक्षक माग गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

    उहाँहरूले मन्त्रालय तथा मन्त्री संग भेट गरी योजना माग गरिएकोबारेमा मुख्यमन्त्री पाण्डेलाई समेत भेटेर जानकारी गराएको पनि अध्यक्ष लामाले बताउनुभयो ।

    प्रकाशित मिति :माघ १४, २०८० आइतवार - १७:१२:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको