१६ काठमाडौँ । नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सबीच भेटवार्ता भएको छ ।
माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटघाट गरेका हुन् ।भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा नेपालका सेना प्रमुख स्याण्डर्ससँग बेलायती राजदूत रब फेन पनि सहभागी थिए । स्याण्डर्स माघ २० गतेसम्म नेपालमा रहने बताइएको छ ।