Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रघुगङ्गामा रुखले किचेर एक महिलाको मृत्यु

रघुगङ्गामा रुखले किचेर एक महिलाको मृत्यु

जोईन खबर

१६, माघ २०८०
  • 727
    SHARES
  • रघुगङ्गामा रुखले किचेर एक महिलाको   मृत्यु

    १६ माघ काठमाडौँ । म्याग्दीमाको रघुगङ्गा गाउँपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।  रघुगङ्गाका स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको छ।

    images

    सोही गापालिकाको वडा न ३ मौवाफाँटको फूलबारीमा दाउरा काटदा रुख ढलाउने क्रममा किचेर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन ।

    images
    images
    images

    रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

    उनको भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । अहिले शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १६:०७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको