Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम सहिद लखन थापाको स्मृति दिवशको अवसरमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

प्रथम सहिद लखन थापाको स्मृति दिवशको अवसरमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

जोईन खबर

१७, माघ २०८०
  • 796
    SHARES
  • प्रथम सहिद लखन थापाको स्मृति दिवशको अवसरमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

    १६ माघ काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिकामा प्रथम शहिद लखन पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिता शहिद लखन गाउँपालिकाको  आयोजनामा गाउँपालिका वडा न ७ स्थित काहुले भंगारमा माघ २८ गतेदेखि फागुन २ गते सम्म सञ्चालन हुन लागेको  गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिनुभयो ।

    images

    यस गाउँपालिकाले प्रथम शहिद लखन थापाको स्मृति दिवशको अवसर पारी  वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम स्थानिया कलाकारहरुको प्रस्तृतिको साथमा गाउँपालिका भित्रका ९ वटा वडा मात्र सहभागिता हुने गरि प्रतियोगिता  आयोजना गर्ने लागेको पालिका अध्यक्ष थापा मगरले बताउनु भयो ।  "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद समृद्वि र विकासको लागि खेलकुद" भने नाराका साथमा भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्य को लागि प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८० ” प्रतियोगिता गरिन लागेको हो ।

    images
    images
    images

    प्रतियोगितामा गाउँपालिका भित्र रहेका ९ ओटा वडाबाट ९ टिमले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा प्रत्येक वडाको टिम व्यवस्थापक वडा अध्यक्षले गर्नु पर्ने छ । प्रतियोगिता  विजेता हुने टिमले नगद रु एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित कप,मेडल, प्रमाणपत्र र रनिङसिल्ड समेत पाउने छन् , भने  उपबिजेता हुने टिमले नगद रु ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले  नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् ।

    त्यसै गरी सान्त्वना हुने टिमले नगद रु २२ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्र र टिमको उत्कृष्ट खेलाडीले नगद रु  ४ हजार ४ सय ४४ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताउनु भयो ।“राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनसंगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”,भने उहाँको भनाई छ ।

    खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ । उक्त प्रतियोगितामा सहभागी टोलिलाई २ समूहमा बिभाजन गरी खेल समुहचरण लिग सिस्टम तथा सेमि फाईनल नकआउट सिस्टममा हुने समेत अध्यक्ष थापाले बताउनु भयो ।

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - ००:००:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको