Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गरीब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रबृति बितरण

गरीब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रबृति बितरण

जोईन खबर

१७, माघ २०८०
  • 1.3K
    SHARES
  • गरीब  तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रबृति बितरण

    १७ माघ काठमाडाैँ । गो-ड्राइभर बा फाउण्डशेनले बारपाक सुलिकोट स्थीत बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । दक्ष जनशक्ति उतपादनमा सहयोग होस् भन्ने उद्देश्यले शिक्षालयमा अध्यनरत १० जना गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो।

    images

    अहिलेको हाम्रो साझा कर्तब्य र उदेश्य भनेको - देश बिकासको मेरुदण्ड " युवा जनशक्तिमा लगानी गर्ने हो।" तसर्थ नेपालको दिगो बिकासकोलागि नभई नहुने अति आबश्यक दक्ष जनशक्ति उत्पादनमा हौसला पुगोस् भन्ने उद्देश्यले 'गो-ड्राईभर-बा मेमोरियल फाउनण्डेशन ट्रष्ट' ले गत मंगलबार एक कार्यक्रमको बीच नेपालका विभिन्न जिल्लाहरुबाट उक्त शिक्षालयमा आई अध्यन गरिरहेका गरीब तथा जेहन्दार बिद्यार्थीहरु मध्ये १० जनालाई छात्रबृति प्रदान गरिएको ट्रस्टका सचिव मिलन ढकालले जानकारी दिए। शिक्षालय प्रमुख सुवास ओलियाको अध्यक्षतामा भएको कार्यक्रममा बारपाक-सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो।

    images
    images
    images

    424804345_899799825486189_8423968847134026112_n.jpg

    त्यसक्रममा अध्यक्ष भट्टले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरेर बिद्यार्थीको हितमा काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । बिभिन्म सामाजिक ब्यक्तित्त्वहरुको उपस्थितिमा भएको कार्यक्रममा ट्रस्टका उपाध्यक्ष टिका प्रसाद ढकालले सस्थाको बारेमा जनकारी गराएका थिए। कार्यक्रममा ७ जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ७/७ हजारका दरले रु. ४९,०००  हजार र ३ जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति २/२ हजार रुपैयाँ बराबरको स्टेशनरी गरी रु. ५५,०००/- हजार  बराबरको छात्रबृति गाउँ पालिका अध्यक्ष भट्ट र ट्रस्ट का सचिव ढकालले विद्यार्थीहरूलाइ हस्तान्तरण गरेका थिए ।423863800_899799792152859_6929098034125778137_n.jpg

    छात्राबृति पाउने बिद्यार्थीहरु  क्रमश  मनिष लोहार - हुम्ला जिल्ला,अंकुश गुरुङ - अजिरकोट गा.पा. गोर्खा,सुष्मा नेपाली - अरुघाट गा.पा. गोर्खा,निर्मला गुरुङ्ग - आरुघाट गा.पा. गोर्खा,उषा सुनार - पदमपुर, चितवन, सुन माया गुरुङ्ग : चुनमुम्ब्री गा.पा. सिर्दिवास, गोर्खा,सन्जु बि.क. - आरुघाट गा.पा. गोरखा, गणेश ढकाल - बारपाक-सुलिकोट गा.पा. गोर्खा,पुनम चेपाङ - गण्डकी गा.पा. गोरखा,सुप्रभा बुढा - हुम्ला रहेका ट्रस्टका कोषाध्यक्ष दिपक ढकालले बताए। यस लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशनले यस अघि आफ्नो स्थापनाको छोटो समयमा नै धेरै सहयोग गरेको ट्र्स्टका संरक्षक रुद्र ढकालले जानकारी दिए।

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १०:५५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको