Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गाेरखाकाे धार्चेमा बेमौसमी तरकारी खेतीका लागि ४५ घरधुरीका कृषकलाई कृषि सामग्री हस्तान्तरण

उत्तरी गाेरखाकाे धार्चेमा बेमौसमी तरकारी खेतीका लागि ४५ घरधुरीका कृषकलाई कृषि सामग्री हस्तान्तरण

जोईन खबर

१७, माघ २०८०
  • 727
    SHARES
  • उत्तरी गाेरखाकाे धार्चेमा बेमौसमी तरकारी खेतीका लागि  ४५ घरधुरीका कृषकलाई  कृषि सामग्री हस्तान्तरण

    १७ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछीखोलामा कृषि सामग्री वितरण भएको छ । धार्चे गाउँपालिकाको आयोजना र हाम्रो साहरा फाउण्डेशन नेपालको साझेदारीमा बेमौसमी तरकारी खेतीका लागि आवश्यक  सामग्री वितरण गरिएको हो ।

    images

    उक्त गाउँपालिकामा बसि कृिष क्षेत्रमा नै बेमौसमी तरकारी खेती गर्न ४५ घरधुरीका कृषकलाई टनेल, प्लाष्टिक, थोपा सिचाईका सेट तथा गोलभेडा र भेडे खुर्सानीको बिउ बितरण गरिएको पालिकाले जनाएको छ ।

    images
    images
    images

    पालिकाको तीन लाख र साहरा फाउण्डेसनको दुई लाख ५० हजार रकमबाट कृषि सामग्री खरिद गरिएको हो । मंगलवार एक कार्यक्रमका बीच किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

    फाउण्डेशनका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, कृषि शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा किसानहरुलाई बेमौसमी तरकारी खेतीबारे अभिमुखिकरण समेत गरिएको थियो ।

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - ११:४४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको